बैंकहरूमा भएकाे अधिक पैसा व्यवस्थापन गर्न ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएको तरलता व्यवस्थापन गर्न एक वर्ष अवधिको ऋणपत्र निष्कासन गरेको छ।

मंगलबार राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बैंकहरुलाई अनलाइनमार्फत बोलकबोल पेस गर्न आह्वान गरेको हाे।

ऋणपत्रमा लगानीका लागि बैंकहरुले अपराह्न २ बजेसम्म बोलपत्र पेस गर्नुपर्नेछ। बैंकले ऋणपत्रमा गरेको लगानीको ब्याजदर ६/६ महिनामा पाउनेछन्। ब्याजदर बोलकबोलबाट तय हुनेछ।

राष्ट्र बैंकले एक साताको अन्तरालमा चौथोपटक ऋणपत्र निष्कासन गरेको छ। यसअघि राष्ट्र बैंकले १ वर्षे अवधिका लागि २५ /२५ अर्ब रुपैयाँ खिच्न ऋणपत्र ‘क’, ‘ख’ र ‘ग’ जारी गरेको थियो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा