काठमाडाैं । आइसिसी पुरूष टी २० विश्वकप २०२६ मा नेपाली खेलमडीले लगाउने जर्सी सार्वजनिक भएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय टिमले लगाउने जर्सी सार्वजनिक भएको हो ।
भारत र श्रीलंकामा माघ २४ देखि सुरू हुने टी–२० विश्वकपको दशौं संस्करणमा नेपालसहित २० टिमले भाग लिँदैछन्। २९ दिनको यो प्रतियोगिता भारतमा पाँच र श्रीलङ्कामा तीन मैदानमा हुनेछन् भने प्रतियोगिता सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ।
विश्वकप २०२६ मा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्।
नेपालले पहिलो खेल इंग्ल्यान्डसँग माघ २५, दोस्रो खेल वेस्ट इन्डिजसँग फागुन ३ र तेस्रो र अन्तिम खेल बंगलादेशसँग फागुन ५ मुम्बईको वाङखाडे रंगशालामा खेल्नेछ ।
