१३.३५ अंकले घट्याे सेयर बजार, सवा ५ अर्बकाे काराेबार

काठमाडाैं । लगातार दुई दिन बढेको शेयर बजारमा आज दाेहाेराे अंककाे गिरावट आएकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.३५ अंकले घटेर २६ सय ३५ दशमलव ९४ बिन्दुमा झरेको छ ।

आज फाइनान्स र व्यापार समुहकाे सेयरमा झिनाे सुधार देखिएकाे छ भने बाँकी सबै समुहकाे सेयर घटेकाे छ ।

यसदिन होटल तथा प्यटनकाे सेयर १.४२ प्रतिशत र उत्पादन तथा प्रशाेधन समुहकाे सेयर १.१६ प्रतिशतले उकालो लागेको छ ।

आज १ सय ८६ वटा कम्पनीको शेयर घटेकोमा ६२ वटाको बढेको छ । यस्तै १० वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज नारायणी डेभलपमेन्ट बैंककाे सेय मूल्य ६.०८ प्रतिशत बढेकाे छ भने एसवाई प्यानलकाे सेयर मूल्य ८.४५ प्रतिशत घटेकाे छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ७ अर्ब १२ करोडको कारोबार भएकोमा आज ३ सय २३ वटा कम्पनीका १ करोड ६ लाख ३३ हजार ७१७ कित्ता शेयर ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँमा किनबेच भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा