आन्तरिक विवादबीच नेपाली कांग्रेसकाे विशेष महाधिवेशन आह्वान

काठमाडाैं । यही पुस २७ र २८ गते काठमाडाैंमा नेपाली कांग्रेसकाे विशेष महाधिवेशन हुने घाेषणा भएकाे छ ।

बुधबार नयाँबानेश्वरमा पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशन माग गर्दै प्रस्ताव दर्ता गरेका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले उक्त घोषणा गरेका हुन्।

‘पार्टी विधानको मर्म र भावनालाई पूर्ण सम्मान गर्दै यही २०८२ पुस २७ र २८ गते काठमाडौंमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दछौं। यसका लागि आवश्यक व्यवस्थापकीय तयारी तीव्र गतिमा भइरहेको जानकारी गराउन चाहन्छौं,’ कार्यक्रममा जारी प्रेस विज्ञप्तिमा भनिएकाे छ।

विशेष महाधिवेशन पुस २७ गते भृकुटीमण्डपमा उद्घाटन हुने र त्यसपछिका विभिन्न कार्यक्रमका लागि उपसमितिहरू गठन गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा