४.९० अंकले बढ्याे सेयर बजार, ६ अर्ब ९९ कराेडकाे काराेबार

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । साेमबार ५.५४ अंकले घटेकाे सेयर बजार मापक नेप्से आज ४.९० अङ्कले बढेर दुई हजार ६३९ दशमलव ९१ को बिन्दुमा कायम भएको छ ।

नेप्सेसँगै आज काराेबार रकम पनि बढेकाे छ । यसदिन ३४९ कम्पनीको एक करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर ७७ हजार १७ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ९९ करोड चार लाख ८४ हजार ३९ बराबरको कारोबार भएको छ ।

हिजाे ३ सय ३३ वटा कम्पनीका १ करोड २३ लाख कित्ता शेयर ६ अर्ब ४७ करोड रुपैयाँमा किनबेच भएको थियाे ।

आज बैंकिङ, वित्त , होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त समुमकाे सेयर घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

यसदिन ११८ कम्जपनीकाे सेयर मूल्य बढेकाेमा लविद्युत समुह सर्वाधिक १.०२ प्रतिशत बढेकाे छ

आज थ्रीस्टार हाइड्रोपावर लिमिटेडलेको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सबभन्दा धेरै छ दशमलव ०९ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा