विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वप्रकाशले पेश गरेका प्रतिवेदन पारित

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालेकाे प्रतिवेदनहरू पारित भएको छ ।

साेमबारकाे विशेष महाधिवेशनमा उनीहरूले हिजो छुट्टाछुट्टै पेश गरेकाे दुईवटा प्रतिवेदन आजकाे बन्दसत्रबाट पारित भएका हुन् ।

उक्त प्रतिवेदनहरूमाथि समूहगत छलफल भएर टोली नेताले निष्कर्ष सुनाएका थिए ।

शर्माले प्रतिवेदनलाई ‘बदलिएको देश/बदल्नुपर्ने कांग्रेस सद्भाव, सुशासन र समुन्नत नवीन यात्रा’ नाम दिएका थिए भने बन्द सत्रमा महामन्त्री थापाले राजनीतिक र नीति सम्बन्धि प्रतिवेदन पेस गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा