काठमाडौं । तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरू मिलेर बनेकाे नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालले शपथ ग्रहण छन् ।
पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गर्दै दाहाल र नेपालले जेष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग शपथ लिएका हुन् । शपथपछि जेष्ठ सदस्य प्रसाईंले संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई परिचयपत्र समेत हस्तान्तरण गरे ।
उनीहरूले सबैखाले प्रतिक्रियावादी शक्ति, गलत बिचार र गलत व्यवहारका विरुद्ध दृढतापूवर्एक जुद्धिरहने प्रतिज्ञा समेत गरेका छन् ।
नवगठित पार्टीको २ हजार ४ सय ९९ जना केन्द्रीय सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिँदैछन्।








