ताेलामा ६०० रूपैयाँ बढ्याे सुनकाे भाउ, चाँदीकाे घट्याे

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य आइतबार पनि उकालो लागेको छ। केही दिनयता निरन्तर बढिरहेको सुनको मूल्य गत शुक्रबार प्रतितोला ७०० रुपैयाँले बढेपछि आज पुनः ६०० रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ८०० रुपैयाँ कायम गरिएको छ। यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य भने घटेको छ। शुक्रबार प्रतितोला ५ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ५ हजार ६२५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा