‘एफ सि बायर्न लेजेण्ड कप २०२६’ डिशहोम गोमा हेर्न मिल्ने

काठमाडाैं । बायर्न एफ सिले आयोजना गर्ने लेजेण्ड फुटवल खेलाडीहरुको फुटबल प्रतियोगिता “एफ सि बायर्न लेजेण्ड कप २०२६” डिशहोम गोमा प्रत्यक्ष प्रशारण हुदै छ ।

पुरानो शैलीको ईनडोर फुटवल प्रतियोगितामा सहभागी एफ सि बायर्नका आर्जेन रोविन,फ्र्याङ्क रिबेरी,लोथर म्याथ्युज र जोर्गन क्लिन्सम्यान जस्ता लेजेण्ड खेलाडीहरुले म्युनिखको साप गार्डेन स्टेडियममा फुटबल प्रेमीहरुका लागी पुराना दिनहरु ताजा गराउनेछन्।

छ वटा क्लवहरु एफसी बायर्न म्युनिख, युभेन्टस, बोरुसिया डर्टमुन्ड, सेल्टिक एफसी, आईट्राक्ट फ्रान्कफर्ट र रियल म्याड्रिड सहभागी प्रतियोगितामा क्लवका अरु पुर्व स्टार प्लेयरहरु(लिजेण्ड फुटवलरहरु) को जादु पनि पुनह एकपटक हेर्न पाईने छ ।

नेपालमा भने यो प्रतियोगिता नेपाली समय अनुसार बेलुकी ८ बजेर ५ मिनेट देखी डिशहोम गो एप तथा एक्सन स्पोर्टस एचडि २ च्यानलमा हेर्न पाईने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा