काठमाडौं । आइतबार रमंगलबार उचच अंकले बढेको सेयर बजारमा बुधबार गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से ९.४३ अकंले घटेर २७ सय ५ दशमलव ३८ बिन्दुमा कायम भएको छ ।
नेप्सेसँगै यसदिन कारोबार पनि खुम्चिएको छ। आज ३२४ कम्पनीको २ करोड १६ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड ३६ लाख रुपैयाँको कारोबार भएको हो ।
हिजो ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता सेयर ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज फाइनान्स समूहको १.६७ प्रतिशत र होटल तथा पर्यटन समूहको १.८८ प्रतिशत, वाणिज्य बैंक समूहको ०.१८ प्रतिशत, विकास बैंक समूहको शेयर मूल्य ०.५९ प्रतिशतले घटेको छ ।
बुधबार ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ कम्पनीको घटेको छ । ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।





