निर्वाचन सुरक्षाः सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाउँँदै सरकार

काठमाडौँ। सरकारले आगामी निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग रोक्न निगरानी बढाउने भएको छ। बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षा रणनीतिअन्तर्गत सामाजिक सञ्जालमा कडाइ गर्ने निर्णय गरेको हो।

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका बेला अनलाइन माध्यमबाट भ्रामक र गैरकानुनी गतिविधि बढ्न सक्ने रिपोर्ट पेस गरेका थिए। गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षा योजना, २०८२ बमोजिम जनशक्ति परिचालन र सुरक्षा तयारीको समीक्षा गर्दै गैरकानुनी काम गर्नेलाई कडा कारबाही गर्न निर्देशन दिए।

यस्तै, बैठकले निर्वाचनलाई लक्षित गरी सबै जिल्ला सुरक्षा समिति र समन्वयकारी संयन्त्रहरूलाई सक्रिय बनाउने निर्णय गरेको छ। राजनीतिक दल तथा उम्मेदवारहरूको प्रचारप्रसार अभियानलाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा व्यवस्था थप सुदृढ गरिने गृह मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा