मंगलबार पनि बढ्याे सुनचाँदीकाे मूल्य, प्रतिताेला कतिमा हुँदैछ काराेबार

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि हुने क्रमले आज मंगलबार पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँ निर्धारण गरेको छ। यसअघि सोमबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यले समेत आज नयाँ रेकर्ड कायम गरेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो।

गत सोमबार प्रतितोला ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार बढेर प्रतितोला ६ हजार ८७० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै स्थानीय बजारमा पनि सुनचाँदीको भाउले दैनिकजसो नयाँ रेकर्ड बनाइरहेको व्यवसायीहरूले बताएका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा