काठमाडौं । साताको अन्तमि कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्से १७।५३ अंकले घटेर २७ सय १४ दशमलव ५ बिन्दुमा झरेको छ।
नप्से परिसूचक घटे पनि आज रोबार भने बढेको छ। आज ३२० कम्पनकिो ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको छ।
हिजो ३३४ कम्पनिको २ करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयर ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज जलविद्युत, लगानी र म्युच्युअल फण्डबाहेक सब उपसूचक घटेका छन् । आज विकास बैंक समुह सर्वाधिक २.२२, उत्पादन तथा प्रशोधन समुहका उपसूचक २.१२ प्रतिशतले घटेको छ। यस्तै फाइनान्स १.७५, होटल तथा पर्यटन १.२९ र अन्य समुहको उपसूचक १.१४ प्रतिशत घटेको छ।
८५ कम्पनीको सेयर मूल्य बढेकोमा यसदिन हिमाल दोलखा हाइड्राेपावरको सेयर मूल्य ९.२३ र शिवश्री हाइड्राेपावरको सेयर मूल्य ९.१९ प्रतिशतले बढेको छ।




