देउवा कुनै पनि चुनावी सभा तथा अभियानमा सहभागी नहुने

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आगामी निर्वाचनका कुनै पनि चुनावी सभा वा प्रचारप्रसार कार्यक्रममा सहभागी नहुने भएका छन्।

केही सञ्चारमाध्यममा देउवा चुनावी अभियानमा निस्कने भन्ने समाचारहरू सार्वजनिक भएपछि उनको सचिवालयले ती समाचारको खण्डन गर्दै यस्तो स्पष्ट पारेको हो।

सचिवालयका अनुसार देउवाको हाल चुनावी सभा वा अन्य कुनै पनि राजनीतिक कार्यक्रममा जाने कुनै तयारी वा कार्यतालिका रहेको छैन।

गत पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनमार्फत कांग्रेसले नयाँ नेतृत्व चयन गरेसँगै देउवा पार्टीको सक्रिय गतिविधिबाट टाढा रहँदै आएका छन् भने उनी राजनीतिक कार्यक्रमहरूमा खासै देखिएका छैनन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा