काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा लगातार बढोत्तरी देखिएको छ। साताको दोस्रो दिन सोमबार तोलामा झण्डै ४ हजार १ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार पनि उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएको छ।
मूल्यमा भएको यो वृद्धिसँगै आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो (सोमबार) छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
सोमबार तोलामा २ सय ४० रुपैयाँले बढेको चाँदीको मूल्य आज भने सामान्य घटेको छ। महासंघका अनुसार चाँदी आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला ५ हजार २ सय ४० रुपैयाँमा झरेको छ। हिजो चाँदी प्रतितोला ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।





