आजकाे माैसम पूर्वानुमान : चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको कमजोर प्रभाव रहेकाले देशको मौसममा आंशिक परिवर्तन देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा सामान्यतया बादल लागेको छ भने तराईका भूभागमा तुवाँलोको प्रभाव देखिएको छ।

आज दिउँसो तराईका केही स्थानहरूमा मध्याह्नसम्म हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। उच्च पहाडी र हिमाली भूभागमा सामान्य बदली रहने तथा बाँकी पहाडी क्षेत्रमा आंशिक बदली हुने देखिएको छ। यसैबीच, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासँगै हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको क्रम जारी रहने पूर्वानुमान गरिएको छ। रातिको समयमा तराईका थोरै स्थानहरूमा तुवाँलो लाग्ने भए तापनि देशका अन्य भूभागको मौसम भने मुख्यतया सफा रहनेछ। हिमपात र कुहिरोका कारण हुनसक्ने चिसोबाट बच्न र आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा