काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर र युरोपियन युरोको मूल्यमा अघिल्लो कारोबारको तुलनामा केही वृद्धि भएको छ।
आजका लागि अमेरिकी डलर १ को खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ। त्यस्तै, युरोपियन युरो १ को खरिददर १७१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा कायम भएको छ। युके पाउन्ड स्टर्लिङ १ को खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६३ पैसा रहेको छ।
अन्य प्रमुख मुद्राहरूमा अष्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ २७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर १ को खरिददर १०६ रुपैयाँ २५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६९ पैसा तथा सिङ्गापुर डलर १ को खरिददर ११४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११५ रुपैयाँ २४ पैसा तोकिएको छ।
खाडी मुलुकका मुद्राहरूमा साउदी रियाल १ को खरिददर ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८९ पैसा, कतारी रियाल १ को खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ ०२ पैसा तथा युएई दिराम १ को खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा कायम भएको छ। मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा रहेको छ। भारतीय रुपैयाँ १०० को विनिमयदर १६० रुपैयाँ (खरिद) र १६० रुपैयाँ १५ पैसा (बक्र्री) मा स्थिर छ।





