काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारलाई तीव्र पार्दै नेपाली कांग्रेसले भोलि (सोमबार) काठमाडौँ उपत्यकाका ६ वटा विभिन्न स्थानमा चुनावी सभाहरू आयोजना गर्ने भएको छ। यी सभाहरूलाई पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसे लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
कांग्रेस निर्वाचन प्रचारप्रसार समितिका अनुसार भोलिको चुनावी तालिका यसप्रकार छ:
-
कीर्तिपुर (क्षेत्र नं. १०): दिउँसो १ बजे हुने सभालाई सभापति गगन थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्नेछन्। यहाँ हिमाल कार्की उम्मेदवार हुन्।
-
ठिमी, भक्तपुर (क्षेत्र नं. २): दिउँसो २ बजे हुने सभामा उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्नेछन्। यहाँ वरिष्ठ पत्रकार कबिर राणा चुनावी मैदानमा छन्।
-
पेप्सीकोला (क्षेत्र नं. २): युवा नेता कबिर शर्मा उम्मेदवार रहेको यस क्षेत्रमा पनि उपसभापति शर्माले नै सम्बोधन गर्ने तालिका छ।
-
बालाजु चोक (क्षेत्र नं. ७): दिउँसो ३ बजे हुने सभालाई सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन्। यहाँ प्रमोदहरि गुरागाईँ उम्मेदवार छन्।
-
सभामुखी चोक (क्षेत्र नं. ५ र ६ को संयुक्त सभा): दिउँसो ३:३० बजे हुने यस सभालाई सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन्। क्षेत्र नं. ५ मा प्रदीप पौडेल र ६ मा सबुज बानिया उम्मेदवार छन्।
-
बालुवाखानी (क्षेत्र नं. ४): दिउँसो ४ बजे हुने सभामा सभापति गगन थापाले सम्बोधन गर्नेछन्। यहाँ चर्चित क्रिकेट कमेन्टेटर सचिन तिमल्सेना उम्मेदवार छन्।
कांग्रेसले आफ्ना युवा र प्रभावशाली उम्मेदवारहरूलाई जिताउन उपत्यकाका यी रणनीतिक स्थानहरूमा शक्ति प्रदर्शन गर्न लागेको हो।




