काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार विदेशी मुद्राहरूको तुलनामा नेपाली रुपैयाँ केही कमजोर देखिएको छ।
आजका लागि अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ ०३ पैसा तोकिएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ११ पैसा कायम गरिएको छ।
अन्य प्रमुख मुद्राहरूको दर:
-
युके पाउन्ड स्टर्लिङ: खरिद १९६.७५ रुपैयाँ, बिक्री १९७.५५ रुपैयाँ।
-
अष्ट्रेलियन डलर: खरिद १०३.४२ रुपैयाँ, बिक्री १०३.८४ रुपैयाँ।
-
क्यानेडियन डलर: खरिद १०८.९२ रुपैयाँ, बिक्री १०९.३६ रुपैयाँ।
राष्ट्र बैंकले यो दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सक्ने र वाणिज्य बैंकहरूले तोक्ने दर यसभन्दा केही फरक हुन सक्ने जनाएको छ।





