एकैदिन तोलामा ३८ सयले बढ्यो सुनकाे मूल्य, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि देखिएकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फागुन २६ गते सुनको मूल्यमा प्रतितोला ३ हजार ८ सय रुपैयाँको उछाल आएको हो।

यो वृद्धिसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ। यसअघि फागुन २५ गते सुन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। हिजो सुनकाे मूल्य ताेलामा ३ हजार ७०० रुपैयाँले घटेको थियाे ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा ३१० रुपैयाँले बढेर ५ हजार ७२० रुपैयाँ पुगेको छ। हिजो फागुन २५ गते चाँदी प्रतितोला ५ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा