भारतीय प्रधानमन्त्री मोदीद्वारा रवि लामिछाने र बालेन शाहलाई बधाई: सहकार्य र समृद्धिको प्रतिबद्धता

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग टेलिफोनमार्फत कुराकानी गर्दै निर्वाचनमा हासिल गरेको ऐतिहासिक सफलताका लागि बधाई दिनुभएको छ।

सोमबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री मोदीले रास्वपाले नेपालमा प्राप्त गरेको उल्लेखनीय विजयका लागि दुवै नेतालाई शुभकामना व्यक्त गर्नुभएको हो। उहाँले आगामी नयाँ सरकार गठनका लागि शुभेच्छा प्रकट गर्दै भारत सरकार नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुई देशका नागरिकको हितका लागि सधैँ सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ।

मोदीले भारत र नेपालबिचको सदियौँ पुरानो सम्बन्ध आगामी वर्षहरूमा अझ नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन संयुक्त प्रयासको अपेक्षा समेत राख्नुभएको छ। रास्वपाले स्पष्ट बहुमत नजिकको नतिजा ल्याएसँगै छिमेकी मुलुकबाट आएको यो उच्चस्तरीय बधाईलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा