काठमाडौं । साताकाे दाेस्राे काराेबार दिन सेयर बजारमा रौनक फर्किएकाे छ। हिजाे १०५.५० अंकले घटेकाे सेयर बजार मापक नेप्से परिसूचक आज ८३.३३ अंकले बढेको छ ।
आज ३.११ प्रतिशतले बढेर नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७ सय ६० दशमलव ०२ विन्दुमा पुगेको छ ।
यसदिन १३ वटै समुहका उपसूचकहरू बढेका छन् । आज जलविद्युत र फाइनान्स समुहकाे उपसूचक सर्वाधिक ४.५९ र ४.०३ प्रतिशत बढेका छन् भने विकास बैंक ३.६३, लगानी ३.३३, हाेट तथा प्रर्यटन ३.२४, बैंकिङ ३.१८ प्रतिशत बढेकाे छ।
यद्यपी आज काराेबार भने घटेकाे छ। यसदिन ३४५ कम्पनीकाे २ अर्ब ५१ करोड ५५ लाख ८५४ कित्ता शेयर खरिदबिक्रि हुँदा १० अर्ब ९२ करोड ८५ लाख ६ हजार रुपैयाँ बराबरको काराेबार भएकाे छ।
तीन सय ४५ कम्पनीको ३ करोड १२ लाख ६ हजार १६२ कित्ता शेयर एक लाख ४१ हजार ३६ पटक खरिदबिक्री हुँदा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार रूपैयामा कारोबार भएको छ।
बजारमा हरियालि छाएकाे दिन आज भगवती हाइड्राेपावर डेभलपमेन्ट कम्पनी, रिलायन्स स्पिनिङ मिल्स र नारायणी डेभलपमेन्ट बैंककाे सेयर मूल्य मात्र घटेकाे छ।
यस्तै २६४ कम्पनीकाे सेयर मूल्य बढ्दा ८ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने ६ कम्पनीकाे सेयर मूल्य ९ प्रतिशत भन्दा धेरै बढेकाे छ।




