नेप्सेमा ‘ब्रेक’: सामान्य अंकको गिरावटसँगै २८०४ विन्दुमा अडियो बजार

काठमाडौं । धितोपत्र बजारमा सोमबार नेप्से परिसूचकमा झिनो गिरावट देखिएको छ। तीव्र उतारचढावका बीच नेप्से २.९५ अंक (०.१० प्रतिशत) ले ओरालो लाग्दै २८०४.१७ विन्दुमा खुम्चिएको छ।

बजारमा सुस्तता देखिए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ; आज दिनभरमा ३४२ कम्पनीका १ करोड ७५ लाख ८८ हजार ८५४ कित्ता शेयर १ लाख २१ हजार ४३३ पटक किनबेच हुँदा ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

बजारका उपसूचकहरूमा मिश्रित प्रभाव देखिएको छ। आज वाणिज्य बैंक, फाइनान्स, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा समूहका लगानीकर्ताले केही आम्दानी गर्दा अन्य सबै समूहका सूचकहरू भने राताम्मे रहे।

समग्र बजारमा १२१ कम्पनीको शेयर मूल्यमा सुधार आएको छ भने १३८ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। बाँकी १० कम्पनीको मूल्यमा भने कुनै फेरबदल आएन।

आजको कारोबारमा केही जलविद्युत र सिमेन्ट कम्पनीहरूको प्रदर्शन भने निकै आक्रामक रह्यो। पाल्पा सिमेन्टको शेयर मूल्यमा १५ प्रतिशतको वृद्धि देखिँदा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावरको मूल्य पनि करिब सतप्रतिशत (१४.९९ प्रतिशत) ले बढेर सर्किट नजिक पुगे।

त्यस्तै झापा इनर्जीका लगानीकर्ताले १४.०८ प्रतिशत नाफा कमाए। यता होटल फरेस्ट इन भने आजको सर्वाधिक गुमाउने कम्पनी बन्यो, जसको शेयर मूल्यमा १०.७५ प्रतिशतले घट्याे।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा