आजको मौसम: हिमालमा वर्षा र हिमपातको सम्भावना, तराईमा ‘लू’ को जोखिम कायमै

काठमाडौँ । बिहीबार नेपालका पहाडी तथा हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराई क्षेत्रमा अत्यधिक गर्मीको जोखिम देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका हिमाली भू-भागमा साधारणतया बदली रहनेछ।

आज कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी भेगमा आंशिक बदली रहे पनि तराईमा भने मौसम मुख्यतया सफा रहनेछ।

पहाड र हिमालमा मौसमी सक्रियता देखिए पनि तराईका जिल्लाहरूमा भने गर्मीले जनजीवन प्रभावित बनाउने देखिएको छ। मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका र खोँचहरूमा आज ‘तातो दिन’ हुने सम्भावना छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर (Heat Wave) चल्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ। आज राति कोशी प्रदेशका पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना रहे पनि अन्य क्षेत्रमा मौसम सफा रहनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा