२६ दिनमै गृहमन्त्री सुधन गुरुङको बिदा: विवादित व्यापारीसँगको सेयर साझेदारी खुलेसँगै राजीनामा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ गृहमन्त्रीको पदभार सम्हालेको मात्र २६ दिनमा गृह मन्त्रालयबाट बिदा हुनुभएको छ। विवादित व्यापारी दीपक भट्टसँग व्यापारिक सेयर साझेदारी रहेको तथ्य खुलेपछि चौतर्फी दबाबमा पर्नुभएका गुरुङले बुधबार पदबाट राजीनामा दिनुभएको हो।

चैत १३ गते गृहमन्त्रीमा नियुक्त हुनुभएका गुरुङले सुरुका दिनमा ‘ठुला माछा’ समाउने भन्दै आक्रामक कार्यशैली अपनाउनुभएको थियो। तर, केही दिनअघि लिबर्टी माइक्रोलाइभ इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा उहाँको विवादित लगानी सार्वजनिक भएपछि उहाँ आफैँ आलोचनाको पात्र बन्नुभयो।

विवादास्पद व्यापारीसँगको व्यावसायिक सम्बन्धलाई लिएर उहाँको राजीनामाको माग उठ्दै आएको थियो। अन्ततः सोही विवादका कारण उहाँले बुधबार पदबाट राजीनामा दिनुभएको हो। उहाँको छोटो कार्यकाल विवाद र राजीनामासँगै अन्त्य भएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा