काठमाडौँ । नेपाली बजारमा आज बिहीबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको हो।
महासंघले आजका लागि तय गरेको नयाँ दरभाउ अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो बुधबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५६ हजार ९० रुपैयाँ तोकिएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि आज उच्च गिरावट देखिएको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार १३० रुपैयाँ रहेको थियो। यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार ३०४ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटका कारण नेपाली बजारमा पनि यसको प्रभाव देखिएको हो।





