बजेट २०८३/८४: आयकर छुटको सीमा बढ्यो, वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी हुनेलाई १ प्रतिशत मात्रै कर

काठमाडौँ । सरकारले मध्यम तथा न्यून आय भएका नागरिकहरूलाई ठुलो राहत दिँदै आयकर छुटको सीमामा व्यापक वृद्धि गरेको छ. सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयकरको मौजुदा व्यवस्थामा हेरफेर गरिएको घोषणा गरेका हुन्.

नयाँ व्यवस्था अनुसार अब वार्षिक १० लाख रुपैयाँसम्म कमाउने नागरिकले मात्र १ प्रतिशत कर तिरे पुग्नेछ. यसअघि न्यूनतम एक प्रतिशत मात्र कर लाग्ने आयको सीमा ५ लाख रुपैयाँसम्म मात्र सीमित रहेकोमा अर्थमन्त्री वाग्लेले त्यसलाई दोब्बर बनाउँदै १० लाख पुर्‍याएका हुन्.

सरकारको यो नयाँ नीतिले विशेष गरी न्यून आय भएका कर्मचारी, साना व्यवसायी र मध्यमवर्गीय परिवारलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ. करको दायरालाई फराकिलो बनाउँदै नागरिकको क्रयशक्ति बढाउन र कर प्रणालीलाई थप व्यवहारिक एवं न्यायसङ्गत बनाउन बजेटमार्फत यो कदम चालिएको अर्थ मन्त्रालयले जनाएको छ.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा