बजेट २०८३/८४: नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’ बाट छिट्टै बाहिर निकाल्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय ‘ग्रे लिस्ट’ (खैरो सूची) बाट यथाशक्य छिटो बाहिर निकाल्ने औपचारिक घोषणा गरेको छ. सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्.

बजेट भाषणका क्रममा अर्थमन्त्री वाग्लेले नेपालको वित्तीय साख र अन्तर्राष्ट्रिय छवि जोगाउन यो कदम अपरिहार्य रहेको उल्लेख गरे. ‘नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्नेछौँ,’ बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री वाग्लेले भने.

यसका लागि सरकारले कानुनी तथा संरचनागत सुधारका कामहरूलाई तीव्र गतिमा अघि बढाउने रणनीति लिएको छ. नेपाल वित्तीय कारबाही कार्यदल (FATF) को नकारात्मक सूचीमा पर्ने जोखिमबाट बच्न र देशको वैदेशिक लगानी एवं बैंकिङ प्रणालीलाई सुरक्षित राख्न बजेटमार्फत नै यस विषयलाई प्राथमिकतामा राखिएको अर्थ मन्त्रालयले जनाएको छ.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा