बाढी–पहिरो र चाडपर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यकामा बजार अनुगमन तीव्र

काठमाडौँ । अविरल वर्षापछिको बाढी–पहिरोले सडक सञ्जाल अवरुद्ध भएसँगै बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाउने भएको छ।

विभागले मङ्गलबारदेखि काठमाडौँ उपत्यकाका १३ वटा विभिन्न क्षेत्र निर्धारण गरी १० वटा विशेष टोलीसहित करिब ४० जना निरीक्षक कर्मचारी परिचालन गर्ने तयारी गरेको छ। विभागका सूचना अधिकारी अनिल किराँतीका अनुसार बजारमा मौज्दात रहेका पुराना खाद्यान्न तथा एलपी ग्यास पुरानै मूल्यमा बिक्री गरिनुपर्नेछ।

सडक अवरुद्ध भएको मौका छोपी कृत्रिम अभाव सिर्जना गर्ने वा बढी मूल्य लिई कालोबजारी गर्ने व्यापारीमाथि अनुगमनका क्रममा कैफियत भेटिए तत्कालै कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा