नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै: समसामयिक राजनीति र विपद्बारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज (सोमबार) बस्दै छ। नेपाली कांग्रेस संसदीय दलको कार्यालयका अनुसार बैठक बिहान ११:०० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने तय भएको हो।

बैठकमा मुलुकको वर्तमान राजनीतिक अवस्था, संसद्मा पार्टीले खेल्नुपर्ने प्रभावकारी भूमिका तथा जनसरोकारका समसामयिक विषयहरूमा गहन छलफल हुनेछ। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी संसदीय रणनीति तय गर्नका लागि बैठक आह्वान गरिएको हो।

यसका साथै, पछिल्लो समय देशका विभिन्न भागमा निम्तिएको प्राकृतिक विपद्का घटनाहरू, नागरिकले भोग्नुपरेका तत्कालीन समस्या तथा राहत र उद्धार कार्यका विषयमा समेत बैठकमा विस्तृत समीक्षा हुने जनाइएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा