निर्वाचन परिणाम: रुकुम पूर्व–१ बाट प्रचण्ड विजयी, फराकिलो मतान्तरसहित जित

रुकुमकोट । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को मतगणनाको अन्तिम परिणाम अनुसार रुकुम पूर्व निर्वाचन क्षेत्र नं. १ मा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित हुनुभएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रचण्डले १० हजार २४० मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गर्नुभएको छ। यससँगै प्रचण्डले ६ हजार ७७८ को फराकिलो मतान्तरले आफ्नो जित सुनिश्चित गर्नुभएको छ।

त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापा ३ हजार ८१ मतका साथ तेस्रो स्थानमा रहनुभएको छ। अन्य उम्मेदवारहरूमा प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्दीप पुनले २०३ र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का जुद्धबहादुर बुढामगरले १९१ मत प्राप्त गर्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा