समानुपातिक सांसद छान्न आयोगले आजै पत्राचार गर्ने, कसरी छानिन्छन् उम्मेदवार?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सम्पन्न भएसँगै निर्वाचन आयोग अब अन्तिम नतिजा सार्वजनिक गर्ने तयारीमा जुटेको छ। आयोगले आजै सम्बन्धित राजनीतिक दलहरूलाई समानुपातिकतर्फ प्राप्त गरेको सिट सङ्ख्याका आधारमा उम्मेदवार सिफारिस गर्न पत्राचार गर्ने भएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, देशैभरका निर्वाचन क्षेत्रबाट मतगणनाको अन्तिम प्रतिवेदन सङ्कलन गर्ने कार्य भइरहेको छ। दलहरूले पाएको कूल मतका आधारमा सिट सङ्ख्या यकिन गरी उम्मेदवारको नाम मागिनेछ। दलहरूले बुझाएको सूचीमा कानुन बमोजिमको क्लस्टर (समावेशी समूह) मिले/नमिलेको रुजु गरिनेछ।

आयोगले रुजु गरेपछि मात्रै समानुपातिकतर्फका सांसदहरूको अन्तिम नामावली तय हुनेछ। यस प्रक्रियाले पूर्णता पाएपछि मात्र नयाँ संसद्ले आफ्नो पूर्ण आकार पाउनेछ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा