काठमाडौं,कलियुगका लागि राधा र कृष्णका जोडी जस्ता रुपा र कृष्ण सामाजिक सञ्जालमा निकै भाइरल जोडी हो ।उनीहरुको जिवनको संघर्ष मानिसको जिवनका लागि प्रेरणा दिने खालको छ । रुपा र कृष्ण कलियुगका लागि राध कृष्णका जोडी हुन् भन्दा पनि फरक पर्दैन ।
निकै अप्ठेरो अवस्थामा रुपाले कृष्णलाई साथ दिएकी छन् । उनको मायाका कारणले नै कृष्णले आफ्नो जिवनको सबैभन्दा दुखद् अवस्थावाट पार भएका छन् । उनीहरु अहिले आफ्नो जिवनलाई निकै उल्लासपूर्ण तरिकाले बिताएका छन् ।दुर्घटनामा हात र खुट्टा गुमाएका कृष्णलाई रुपाको माया र साथ नै जिउने आधार बन्यो ।
एक अर्कालाई निकै माया गर्ने यो जोडीलाई यति ठूलो दुर्घटनाले पनि छुटाउन सकेन ।हात खुट्टा गुमाएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् । सामाजिक सञ्जालमा चलेको अभियानका कारण उनीहरुले आर्थिक सहयोग पाए । देश र विदेशवाट आशिर्वाद र माया पाए । अहिले कृष्णले कृतिम खुट्टा लगाएका छन् ।
आफ्नो जिवनमा आएको सबैभन्दा खुसीको क्षण सार्वजनिक गर्दै रुपाले आफुलाई आशिर्वाद दिन भनेकी छन् । उनी गर्भवती भएको खबर आफ्ना फ्यानहरुलाई बाँडेकी छन् । आफ्नो दुखको समयमा पनि साथ दिएका शुभचिन्तकहरुका लागि खुसीको कुरा भन्दै उनले गर्भवती अवस्थाका तस्बिर सार्वजनिक गरेकी हुन् ।
ति तस्विरमा हजारौंले बधाई दिएका छन् । उनीहरुको खुसीमा खुसी ब्यक्त गरेका छन् ।यो उनीहरुको खुसीमा लाखौं मानिसको साथ समर्थन र सहयोग छ । त्यसैले यिनीहरु एक भाग्यमानी जोडी पनि मान्न सकिन्छ । जिवनमा आएको एउटा ठूलो विपत्तीको सामना गर्न उनीहरुलाई लाखौं मानिसको साथ र समर्थन प्राप्त भयो । सबैको सहयोगका कारण नै यो सम्भव भएको हो । उनले आफ्नो विवाहको तेस्रो वार्षीक उत्सवका अवसरमा यि तस्बिर सार्वजनिक गरेकी हुन्