विश्वभर रंगभेदविरुद्ध आन्दोलनमा प्रियंका चोपडाले समर्थन जनाएपछि फेरी विवादमा

एजेन्सी,हलिउड तथा बलिउडमा ख्याती कमाएकी अभिनेत्री फेरी एक पटक विवादमा तानिएकी छन् ।रंगभेद विरुद्धको आन्दोलनमा समर्थन जनाएकी अभिनेत्री प्रियंका चोपडा फेरी एक पटक विवादमा तानिएकी छन् । अमेरिकी गायक निक जोनसंग विवाह गरेकी प्रियंकाले रंगभेद विरुद्धको आन्दोलनमा समर्थन जनाएकी थिइन् ।

तर उनी प्रियंकाले अनुहार गोरो बनाउने क्रिमको विज्ञापन गरेपछि विवादित भएकी हुन् ।अमेरिकामा भएको एउटा घटना पछि अहिले विश्वभर रंगभेदविरुद्ध आन्दोलन चर्किरहेको छ । यो समयमा प्रियंकाले ‘फेयर एन्ड लभली’ को प्रचार गरेपछि यतिबेला चौतर्फी आलोचना भइरहेको हो।अमेरिकी सुरक्षाकर्मीले जोर्ज फ्लोएड ह त्या गरेको विषयलाई लिएर हालै अमरिकामा रंगभेदविरुद्धको आन्दोलन चर्किएको छ।

त्यो आन्दोलनमा विश्वभरवाट समर्थन छ । रंगका आधारमा विभेद गर्न नपाइने भन्दै समर्थन जनाइएको छ ।गत मे २५ मा जोर्जको प्रहरीको नियन्त्रणमै रहेका क्रममा निधन भएपछि निक जोनास र प्रियंका दुवैले ‘ब्ल्याक लाइभ्स म्याटर’ को अभियानलाई समर्थन जनाएका थिए।

दुवैले अश्वेतको जीवनले पनि अर्थ राख्छ भन्दै सामाजिक सन्जालमा पोस्टहरु गरेका थिए। तर रंगभेदविरुद्ध आवाज उठाएकी प्रियंकाले यसबीचमै छाला गोरो बनाउने क्रिम ‘फेयर एन्ड लभली’को प्रचार गरेपछि उनलाई मानिसहरुले विरोध जनाएका हुन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा