काठमाडौं,केही दिन अघि मात्र भारतवाट आएकी मनिषाले अहिले सडकमा भएका सरकार विरुद्धको प्रदर्शनलाई लिएर प्रश्न उठाएकी छन् ।नेपालको नयाँ नक्साका बारेमा सामान्य ट्वीट गर्दा भारतलाई नै हलचल गराएकी अभिनेत्री मनिषा कोइरालाले फेरी सोही विषयमा आफ्नो धारणा सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । उनले सरकार विरुद्धको प्रदर्शनका लागि ताेिकएको समयमा टिप्पणी गरेकी छन् ।
सरकारले आज ऐतिहासिक निर्णय गर्न लागेकै समयमा सडकमा विरोध प्रदर्शन हुनुले प्रश्न उब्जाएको उनले बताएकी छन् । उनले सरकारको ऐतिहासिक निर्णय र प्रदर्शनकारीको टाइमिगं नमिलेको बताएकी छन् । उनले सरकारका धेरै काममा प्रश्न उठाउने ठाउँ भएपनि आजकै दिन प्रदर्शन गर्नुलाई भने उनले अनौठो भनेकी छन् ।
नेपालको नयाँ नक्सा समेटेर संविधान संसोधन हुन लागेकै आजको दिनमा कम्तीमा सरकारलाई सडकवाट दवाव नदिनुपर्ने उनको भनाई छ । सामाजिक सञ्जालमा एउटा ट्वीट गर्दै उनले ”प्रदर्शनको टाइमिङ निश्चितरुपमा प्रश्न उठाउन योग्य छ । मैले सँधै महसुस गरेकी छु कि सरकार पारदर्शी हुनुपर्छ ।
यसले अहिले यति ठूलो कदम चाल्न लागिरहेको छ । प्रदर्शनमा किन यसलाई समर्थन थोरै मात्रै मिलिरहेको छ ? आजकै दिन कि उनीहरु सरकारमाथि दवाव दिइरहेका छन् ? उनले लेखेकी छन् ।मनिषाले जस्तै सर्वसाधारण र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि आजको प्रदर्शनका विषयमा प्रश्न उठाएका छन् ।
नेपालको राष्ट्रियताको सवालमा ऐतिहासिक निर्णय हुन लागेकै दिन सरकारको विरोध गर्नु आश्चर्य भएको भन्दै टिप्पणी भएका छन् । अझै ति प्रदर्शनमा विदेशी नागरिकको पनि सहभागीता देखाउनुले थप प्रश्न खडा भएको छ ।नेपालको संसदले आज देशको नयाँ नक्शालाई आधिकारिकता दिने गरी संविधान संसोधन गरिरहेको छ ।
सरकारको सो कदम प्रति सबै राजनीतिक दलको समर्थन छ । विपक्षी दलले समेत सर्वसम्मतीले स्वीकार गरेको सरकारको कदम पछि त्यो ऐतिहासिक काम सफल हुन लागेको हो । यो निकै दुर्लभ अवसर हो । नेपालका सबै राजनीतिक दल एकै ठाउँ भएर एउटा ऐतिहासिक निर्णय गर्न लागेकै समयमा सरकारका विरुद्ध आजकै दिन कसैले आधिकारीक नेतृत्व नगरेको समुहले सडकमा प्रदर्शन गर्नु अनौठो मानिएको छ ।
सामाजिक सञ्जालमा आजको दिनमा सरकार विरुद्ध प्रदर्शन नगर्न सर्वसाधारणले पनि सामाजिक सञ्जाल मार्फत आग्रह गरेका थिए । तर पनि सो प्रदर्शन नरोकिएपछि अभिनेत्री मनिषाले पनि असन्तुष्टी ब्यक्त गरेकी हुन् ।भारतवाट आएपछि क्वारेन्टिनमा बसेकी मनिषाले नेपालको नक्साकै विषयमा दिएको यो दोस्रो प्रतिकृया हो ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालले नयाँ नक्सा जारी गरेपछि सो नक्सा सार्वजनिक गर्दै गरेको ट्वीटमा समर्थन जनाउँदा मनिषाको भारतमा निकै ठूलो विरोध भएको थियो । उनले सिमा सम्बन्धि समस्या नेपाल, भारत र चिन मिलेर समाधान गनुपर्ने राय दिँदै परराष्ट्रमन्त्रीको ट्वीटलाई रिट्वीट गरेकी थिइन् । भारतीय मिडियाले उनलाई चिनको उक्साहटमा त्यो कदमलाई समर्थन गरेको भन्दै मनिषालाई निकै निकृष्ट शब्दमा टिप्पणी गरेका थिए ।