एजेन्सी,प्रहरीले अनुसन्धानको दायरामा नराखेका ब्यक्ति मसग प्रमाण छ भन्दै प्रहरी कार्यालय पुगेपछि घटनामा नयाँ मोड आएको हो । बलिउड अभिनेता सुशान्त राजपुतको निधनका सम्बन्धमा नयाँ मोड सार्वजनिक भएको छ ।सुशान्तको निधन पछि घटनालाई लिएर अनेक अड्कलवाजी गरिएको छ ।उनी मानसिक रुपमा विरामी भएको, डि प्रेशनमा गएको लगायतका अनुमान लगाइएको छ ।
साथै प्रेमिका रिया चक्रवतिसंगको झगडा भएको हुनसक्ने अनुमान पनि गरिएको छ ।प्रहरीले रियासंग पनि वयान लिइसकेको छ । सुशान्तका एक जना साथी संदीप सिंह अचानक प्रहरी कार्यालय पुगेर सुशान्तको निधनको कारण मलाई थाहा छ भन्दै प्रहरी कार्यालय पुगेका छन् ।उनले त्यसवारेमा प्रहरीलाई जानकारी पनि दिएको बताएका छन् ।
प्रहरी कार्यालयवाट बाहिर निस्केका उनलाई तत्काल सञ्चारकर्मीले घेरेका थिए । उनले आफुसंग भएको प्रमाण प्रहरीलाई दिएको र संचारकर्मीका माझमा भने समय आएपछि मात्र त्यसवारे खुलाउने बताएका छन् ।उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै त्यसवारे केही संकेत भने गरेका छन् । संदिपले आफु सुशान्तसंग एक फिल्म संगै गर्ने योजनामा रहेको बताएका थिए ।
फिल्मको नाम “भारतम” थियो । सुशान्तको निधन पछि प्रहरीले उनीसंग नजिक रहेका धेरैसंग वयान लिइसकेको छ । तर संदिपलाई भने प्रहरीले बोलाएको थिएन । उनी आफुसंग सुशान्तको निधनको कारण यस्तो हो भन्दै प्रमाण लिएर प्रहरी कार्यालय पुगेका थिए ।प्रहरी कार्यालय पुगेका संदिपले भनेका छन्,म अहिले नै यो वारेमा सार्वजनिक रुपमा भन्न सक्न्दि ।
म संग सुशान्तको निधनसंग जोडिएका थुप्रै कुरा छन् । जो कुरा मैले मुम्बई प्रहरीलाई भनिसकेको छ । अहिले सम्म सुशान्तको फरेन्सिक रिपोर्ट आएको छैन । मैले दिएको प्रमाण र त्यो रिपोर्टसंग केही कुरा अवश्य मिल्छ । फरेन्सिक रिपोर्ट आउन अझै केही दिन लाग्ने बताइएको छ ।
जतिवेला सुशान्तको निधन भयो त्यतीवेला उनको घरको सिसीटिभी क्यामेराले काम नगरेको बताइएको भएपनि प्रहरीले त्यो गलत भएको जनाएको छ । उनको घरको सिसीटिभी क्यामेराले काम गरेको छ । घटना भएको बेलामा सुशान्तको प्यारो कुकुर फज अर्को रुममा थियो । सुशान्तकी साथी पायल रोहतगीका अनुसार उनको ट्वीटर एकाउण्टवाट लगायत केही कमेन्ट डिलिट भइरहेका छन् ।