दुई वर्षीय छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाउने अर्जुन बिक पक्राउ

दुई वर्षीय छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक संजालमा आएपछि भाइरल भएका अर्जुन बिक पक्राउ परेका छन् । छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गरेका बेला सामाजिक सञ्जालमा भाइरल भएका अर्जुन विक पक्राउ परेका हुन् ।

कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक (कामी) अ प’ह’र’ण श’री’र ब’न्धक तथा करणी मुद्दामा पक्राउ परेका हुन्।१३ वर्षमा बिहे गरेर १५ वर्षमा छोरा जन्माएकी श्रीमती पोइला गएको भन्दै झुटो खबर बताएर सामाजिक संजाल र युट्युबमा भाइरल भएपछि अर्जुनले आधा दर्जनभन्दा धेरै म्युजिक भिडियोमा खेल्ने मौका पाएका थिए ।

उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले गत माघ ८ गते काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो। उनले भजनी नगरपालिका वडा नं ४ बाट १३ वर्षकी किशोरीलाई अ ‘पह’रण गरी काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित डेरामा ल्याएका थिए

गत साउन १५ गतेसम्म डेरामै राखेर उनी फरार थिए।त्यसपछि पीडित युवतीले गत साउन ३० गते ब’न्ध’क कोठामा डर, धा कध’म्की दिई करणी समेत गरेको उजुरी दिएकी थिइन्। विकको निरन्तर खोजी गरिएको कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए। खोजी क्रममा उनलाई काठमाडौंमा पक्राउ गरिएको उनले बताए।

‘उनलाई पक्राउ गरी जिप्रका ल्याई कैलाली जिल्ला अदालतबाट सोही मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको छ,’ उनले भने।

सामाजिक सञ्जालमा सक्रिय सरु सुनार साउन १६ मा काम विशेषले अनामनगरस्थित एक अफिसमा थिइन् । त्यही बेला उनले छतबाट देखिन्, साँघुरो बाटोमा सामान बोक्ने रिक्सा चलाइरहेका एक युवालाई । पिठ्युँमा सानो बच्चालाई सर्टले बाँधेर रिक्सा पेलिरहेका युवा देखेपछि सरुले छतबाटै केही फोटो खिचिन् ।

ती भाइलाई एकैछिन् रोकिन भनिन् । बाटोमै पुगेर केही सोधीखोजी गरिन् र थप फोटो खिचिन् ।

उनी रहेछन् अनामनगरमै डेरा गरी बस्ने अर्जुन विक । वर्ष २४ । श्रीमतीले छोडेर गएपछि आफूले दुई वर्षको बच्चालाई सधैं यसैगरी पिठ्युँमा बोकेर रिक्सा चलाउने गरेको बताएपछि सरुको मन छोयो । सोही दिन ४ बजेर १० मिनेटमा उनले अजुर्नको यही फोटो फेसबुकमा पोस्ट गरिन् र ‘यो तस्बिरले कसको मन छुन्न र’ भन्दै लामो स्टाटस लेखिन् ।

उनको स्टाटसमा छ, ‘र्‍यापर बन्छु भनेर काठमाडौं आएका अर्जुन बच्चा पाल्न आफ्नो सर्टले दुईवर्षे बच्चा बोकेर काठमाडौंका विभिन्न ठाउँमा ठेला चलाउँदै छन् । सधैं पुरुषबाट पीडित भएम् भन्नेहरू यो तस्बिर नि हेरौं । कति पुरुष महिलाबाट नि पीडित छन् । यी पीडित युवाको कथा सुन्न र हेर्नका लागि भोलिसम्म प्रतीक्षा गर्नुहोला ।’

सामाजिक सञ्जाल र युट्युबमा समेत धेरथोर सक्रिय सरुका अनुसार पहिलो भेटमै अर्जुनले आफूलाई श्रीमतीले छोडेर गएकाले आफूले बच्चा बोकेर रिक्सा चलाउनुपरेको बताएका थिए । उनले भनिन्, ‘आमाले छोडेर गएको बच्चा पिठ्युँमा बोकेर रिक्सा चलाएको देखेपछि मलाई तान्यो ।’

सरुको फोटोसहितको स्टाटस सोही साँझसम्म सामाजिक सञ्जालहरूमा व्यापक भयो । मन छुने तस्बिर र क्याप्सन देखेपछि अर्जुन युट्युबरहरूको नजरमा परे । नभन्दै भोलिपल्टै अर्थात् १७ गते शनिबार दर्जनौं युट्युबरले उनीसँग अन्तर्वार्ता लिए । जसमध्ये तात्तातो खबर नामक युट्युब च्यानल चलाउने भाग्य न्यौपाने र माइक्रोलिंक मुभी मिडिया चलाउने भोजराज थापालगायत दर्जनौं युट्युबबाट अर्जुन लाखौंमाझ पुगे ।

भोजराजको माइक्रोलिंक मुभी मिडिया नामक युट्युबमा ‘श्रीमतीले छोडेपछि, छोरालाई पिठ्युँमा बोकेर काठमाडौंमा ठेला चलाउँदै यी बाबु’ शीर्षकमा भिडियो पोस्ट भएको देखिन्छ । उक्त भिडियो भदौ पहिलो सातासम्म झन्डै ३ लाखभन्दा धेरैले हेरिसकेका छन् । त्यसमा ८ सयभन्दा धेरै कमेन्टहरू छन् । भिडियोमा अर्जुनले भोजराजसँग भनेका छन्, ‘अहिले ६ महिना भइसक्यो उसको मम्मी माइतमै छिन् ।’

एकैसाथ जसो २० लाखभन्दा धेरै सब्स्क्राइबर भएका भाग्य न्यौपानले पनि अर्जुनबारे बनाएको भिडियो ‘आमा खोई, बुबालाई हेर्नुहोस्, नसोचेको भित्री कथा’ थम्बनेल राखेर युट्युबमा पोस्ट गरे । विरही धुनको पृष्ठभूमिमा न्यौपानेले सदावहार शैलीमा भनेका छन्, ‘यो दृश्यलाई एकचोटि हेर्नुस् त, यो काठमाडौं सहरभित्रको एउटा कारुणिक दृश्य हो । आमाले चार महिनाको उमेरमा छोडेकी रहिछन् यी बाबुलाई…।’ यो अन्तर्वार्तामा पनि अर्जुनले ‘बच्चाको आमाले चार महिनाको हुँदा छोडेको र अहिले कोठामा आफू र छोरा मात्रै बस्ने गरेको’ बताएका छन् ।

पहिलोपटक पोस्ट भएका अर्जुनसम्बन्धी अधिकांश भिडियोको मजबुन छ, ‘नाबालक चार महिनाको हुँदा नै आमाले छोडेर गइन् । त्यसयता गायक बन्ने सपना देखेर काठमाडौं छिरेका अर्जुन नाबालक छोरा पिठ्युँमा बोकेर रिक्सा चलाइरहेछन् ।’

सोही दिन ७ : ४३ मा सरु कार्यरत थाहा अनलाइनले अर्जुनबारे समाचार नै प्रकाशित गर्‍यो । त्यसमा पनि अर्जुनलाई उद्धृत गरेर लेखिएको छ, ‘बाबुलाई जन्माएको ४ महिनादेखि आमाले छोडेको हो । धेरै दुःख गरी मैले हुर्काएँ ।’

एकैचोटि दर्जनौं युट्युबमा आमाले छोडेर गएको दुईवर्षे छोरा हुर्काइरहेका अर्जुनको पितृवात्सल्यको बखानसहित कारुणिक भिडियो पोस्ट भएपछि त्यसले धेरैको ध्यान मात्रै खिचेन, ती भिडियोमा बच्चा छोडेर जाने आमामाथि घृ’णा र अपमानसहितका हजारौं गा ‘ली कमेन्टका रूपमा बर्सिन थाले ।

अर्जुनबारेको पहिलो दिनको भिडियो नै युट्युबको ट्रेन्डिङमा आएपछि अध्ययनमा समेटिएका २९ मध्ये २४ युट्युबमा ५१ वटा नयाँ थम्बनेलसहितको भिडियो पोस्ट भयो । भदौ ८ सम्म ती भिडियोमा ६९ लाख ८७ हजार ७ सयभन्दा धेरै भ्युअर्स छन् । यसरी अर्जुन झनै धेरै भाइरल भए ।

दर्जनौं भिडियोमार्फत लाञ्छना लगाइएकी अर्जुनकी पत्नी लक्ष्मीको कुरा भिडियो भाइरल भएको तीन दिनपछि मात्रै युट्युबमा आयो । त्यतिबेलासम्म उनलाई केटा देख्नेबित्तिकै सल्किने, पति छोडेर हिँडिरहने र चरित्र नभएकी महिलाका रूपमा दर्जनौं युट्युबले स्थापित गरिसकेका थिए ।

जबकि यस्ता दर्जनौं भिडियोलाई पछ्याउँदा र ती भिडियो बनाउने एक दर्जन युट्युबर, पहिलो फोटो खिच्ने सरु, अर्जुन, लक्ष्मी, लक्ष्मीका बाबु, झलारी नगरपालिकाका उपमयेरसँग कुरा गर्दा झूटो तथ्यको जगमा उभिएर युट्युबरहरूले अर्जुनको अभाव र दुःखलाई बेच्दै लक्ष्मीको चरित्रहत्या गरेको प्रस्टै बुझिन्छ ।

प्राप्त सबै तथ्यलाई केलाउँदा सरुले फोटो खिचेर फेसबुकमा पोस्ट गरेको साँझ मनमुटाव भएपछि भोलिपल्ट बिहान अर्जुनले श्रीमतीलाई नयाँ बसपार्क लगेर कोहलपुर जाने गाडी चढाएको देखिन्छ । लक्ष्मीले भने ‘झै–झगडा सहेर बस्न नसकेपछि छोरा लिएर माइत जान खोज्दा अर्जुनले नदिएकाले एक्लै हिँडेको’ बताएकी छन् । ।

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/Ja9Q1rvaUU4″ frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा