बलिउडबाट अचम्मलाग्दो खबर बाहिरिएको छ । चर्चित अभिनेता आमिर खानले मोबाइल फोन नचलाउने निर्णय गरेका छन् ।
उनले आफ्नो आगामी चलचित्र ‘लाल सिंह चढ्डा’मा कुनै पनि असर नगरोस् भनेर फोन नचलाउने निर्णय गरेका हुन् ।
आफ्ना हरेक फिल्मका हरेक भूमिकालाई उत्कृष्ट बनाउन ध्यान दिने आमिरले यस पटक मोबाइल नचलाउने भएका हुन् । उनले मोबाइल फोनले आफ्नो कामप्रतिको लगावलाई भंग गरेको बताएका छन् ।
फिल्म ‘लाल सिंह चढ्डा’मा काम गर्दाको समय कुनै पनि समय ध्यान भंग नहोस् भनेर यो फिल्मको काम नसकिँदासम्म मोबाइल नचलाउने भएका हुन् ।
आमिरको बहुप्रतीक्षित फिल्म आउँदो क्रिसमसमा रिलिज हुँदैछ । यो चलचित्रमार्फत् आमिर र करिना कपुर एक साथ देखिँदैछन् । अहिले यो फिल्म प्रोडक्सनको क्रममा छ ।