२०८०,वैशाख २९ गते शुक्रवार
जेठ कृष्ण सप्तमी
पञ्चाङ्ग: शुक्ल बव श्रवण
तपाईँको आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि हुनेहरूका लागि आजको दिन पारिवारिक सद्भाव बढ्नुका मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ ।स्वादिष्ट भोजन पनि पाइनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)वृष राशि हुनेहरूका लागि पारिवारिक सद्भाव बढ्नेछ ।आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यक्षेत्रमा राम्रो प्रभाव पार्न सकिनेछ।सहयोगी साथीहरू भेटिनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)विचार गरेर निर्णय लिनु उचित होला ।आर्थिक तनाव बढेको महसुस हुनेछ तर गरेको काममा भने सोंचेको सफलता पाइनेछैन।सोँचविचार गरेर मात्र कार्य गर्नुहोला।
कर्कट (हि. . है, हो, डा, डि, डू, डे, डो)कर्कट राशि हुनेहरूका लागि आजको दिन धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)सिंह राशि हुनेहरूका लागि आजको दिन शुभकार्यको चर्चा चल्नेछ। साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।आफ्नो बोलीले सबैको मन जित्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )कन्या राशि हुनेहरूका लागि परोपकार तथा समाजसेवा जस्ता कार्यमा मन जाला । कपडाको लगानी राम्रै हुनेछ ।नयाँ कार्ययोजना र सफलताको चर्चा चल्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )तुला राशि हुनेहरूका लागि आजको दिन बोलीमा काबु लगाउनुहोला।बोलीको विपरीत अर्थ पनि लाग्न सक्नेछ, तर वैदेशिक लगानीले राम्रो प्रतिफल दिन सक्छ
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, वि. पु)वृश्चिक राशि हुनेहरूका लागि आजको दिन रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)धनु राशि हुनेहरूका लागि आजको दिन घरमा विशेष अतिथिको आगमन हुन सक्नेछ।राम्रो खबर सुन्न पाउनुका साथै आफ्नो वरिपरि स्वामित्व जमाउन सकिनेछ।
मकर (जि, खि, खु, खे, खो, गा, गि)मकर राशि हुनेहरूका लागि आजको दिन कुनै कुराले मनमा प्रसन्न छाउनेछ । पारिवारिक सहयोग पनि मिल्नेछ ।
मनमा शान्ति मिल्नुका साथै रोकिएका अपूर्ण कामहरू पूरा हुनेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)कुम्भ राशि हुनेहरूका लागि आजको दिन सामाजिक मानसम्मान प्राप्त गर्न सकिनेछ।दिन मधुररूपले बित्नेछ।धार्मिक कार्यमा मन जानेछ।
मीन (दि, दु, झ, ञ, दे, दो, च, चि)मीन राशि हुनेहरूका लागि आजव्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तीर्थाटनको योग छ ।एकैपटक दुइटा फाइदा मिल्ने योग रहेको छ।
आदरणीय भक्तमनहरू तपाईँको राशिफल जे जस्तो भए पनि आजको दिन विष्णु भगवान्को स्मरण गरी दिनको सुरुवात गर्नुहोला।अवश्य राम्रो हुनेछ।
— शास्त्री संयोग बस्याल





