आजको पञ्चाङ्ग,तपाईँको राशिफल

आजको  पञ्चाङ्ग

वि.सं. २०८० साल ज्येष्ठ कृष्ण सप्तमी तिथि,२९ गते शुक्रबार,
तदनुसार मे १२,२०२३ ।
आज विहान ०५:१७ मिनेट जाँदा  सूर्योदय  हुनेछ भने साँझ  ०६:४४ मिनेट जाँदा सूर्यास्त हुनेछ।
आज बव नामको करण रहेको छ भने श्रवण नाम गरेको नक्षत्र रहेको छ।
त्यसैगरी शुक्ल नाम गरेको योग रहेको छ ।
त्यस्तै मकर राशिमा चन्द्रमा रहनेछन्।

राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुनेहरूका लागि आजको दिन परिवारजनसँग भेटघाट भई रमाइलो गफगाफ हुनेछ। असल कार्यको चर्चा चल्नेछ।प्रेममा सुमधुर सम्बन्ध बन्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि हुनेहरूका लागि आजको दिन वित्तीय संङ्घसंस्थाको क्षेत्रमा सफलता मिल्नेछ।विचार पुर्याएर कार्य गर्नाले आज अधिक शुभलाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि हुनेहरूका लागि आजको दिन आत्मबल कमजोर हुन सक्ला।मनमा नैराश्य उत्पन्न हुनेछ।सरसामान हराउन सक्ने सम्भावना भएकाले सजग हुनुहोला।

कर्कट (हि. . है, हो, डा, डि, डू, डे, डो)

कर्कट राशि हुनेहरूका लागि  आजको दिन वैदेशिक कारोबारमा सफलता प्राप्त हुनेछ ।जोश,जाँगर र उत्साह बढ्नेछ।आँटेको र ताकेको कार्य राम्रोसँग सम्पादन हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि हुनेहरूका लागि आजको दिन नयाँ कुरा सिक्ने मौका मिल्नेछ।नयाँ योजना र कामकारोवार गर्न सकिनेछ।सुन्दर यात्राको योग रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )

कन्या राशि हुनेहरूका लागि आजको दिन मधुर बोलीले गर्दा सबैलाई खुसी बनाउन सकिनेछ।असल कार्यको चर्चा यत्र तत्र सर्वत्र चल्नेछ।नयाँ किसिमको उत्तरदायित्व आउन सक्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )

तुला राशि हुनेहरूका लागि आजको दिन नजिकको मान्छेको साथ सहयोग मिलेता पनि प्रेममा मनमुटाव आउन सक्छ।धनको अभावले गर्दा मनमा अशान्ति र छट्पटी हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, वि. पु)

वृश्चिक राशि हुनेहरूका लागि आजको दिन राजनैतिक कार्यमा सफलता प्राप्त हुनेछ।यश,कीर्ति फैलने काम गर्ने योग रहेको छ भने आफ्ना मान्छेबाट सहयोग प्राप्त हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि हुनेहरूका लागि आजको दिन आयव्यय दुवै बराबरी खालको हुन सक्नेछ ।शुभकार्य गरेर अगाडि बढ्न सकिनेछ।धनार्जनका नयाँ बाटाहरू पत्ता लाग्नेछन्।

मकर (जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि हुनेहरूका लागि आजको दिन पहिलेदेखि  नबनेका कार्यहरू पूरा हुन सक्नेछ ।घरमा प्रियजनको आगमन हुनेछ भने आँफूलाई माया गर्नेहरूको साथ,सहयोग पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि हुनेहरूका लागि आजको दिन  पारिवारिक सद्भाव बढ्नुका साथै मनमा उत्साह,उमङ्ग र जोश बढ्नेछ।आफ्नै नेतृत्वमा कार्यहरू सम्पादन हुनेछन्

मीन   (दि, दु, झ, ञ, दे, दो, च, चि)

मीन राशि हुनेहरूका लागि आजको दिन धार्मिक कार्यमा सहभागी हुनुका साथै दैनिक कामकारोबारमा राम्रै सफलता प्राप्त हुनेछ।आफ्नो मान्छेको साथमा नयाँ कार्यको योजना हुनुका साथै केही कामहरू पूर्ण हुनेछन्।

आदरणीय भक्तमनहरू तपाईँको राशिफल जे जस्तो भए पनि आजको दिन विष्णु भगवान्को  स्मरण गरी दिनको सुरुवात गर्नुहोला।अवश्य राम्रो हुनेछ।

शास्त्री संयोग बस्याल
( सम्पर्क गर्नु परेमा 9826157605 )

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा