संसदमा आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुले प्रश्न गर्ने भएका छन् ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने प्रतिनिधिसभाको दोस्रो अधिवेशनको छैटों बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका सदस्यहरुले सोधेको जवाफ दिने कार्यसूची रहेको छ ।

बिहान ११ बजे सुरु हुने बैठकमा प्रश्न गर्नका लागि सांसदहरुले नाम टिपाइसकेका छन् ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक बर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने उल्लेख गरिएको छ ।

हेर्नुस् कार्यसूची

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा