आजको पञ्चाङ्ग,तपाईँको राशिफल

आजको  पञ्चाङ्ग

वि.सं. २०८० साल ज्येष्ठकृष्ण चतुर्दशी तिथि,४ गते बिहिबार,
तदनुसार मे १८ ,२०२३ ।
आज विहान ०५:१४ मिनेट जाँदा  सूर्योदय  हुनेछ भने साँझ  ०६:४८ मिनेट जाँदा सूर्यास्त हुनेछ।
आज  विष्टि नामको करण रहेको छ भने  अश्विनी नाम गरेको नक्षत्र रहेको छ।
त्यसैगरी सौभाग्य नामको योग रहेको छ ।
त्यस्तै मेष राशिमा चन्द्रमा रहनेछन्।

राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुनेहरूका लागि आजको दिन अचानक शुभ कार्यको चर्चा चल्नुका साथै आकस्मिक लाभ हुनेछ।शिक्षा क्षेत्र सबल हुनेछ।सबैको मन जित्न सकिनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि हुनेहरूका लागि आजको दिन धार्मिक कार्यना सहभागी भइनेछ।दिन मध्यम खालको रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि हुनेहरूका लागि आजको दिन आर्ठिक मामिलामा सफलता प्राप्त गरिनेछ।स्त्रीबात साथ सहयोग मिल्नुका साथै शुभ समाचार सुन्न पाइनेछ।

कर्कट (हि. . है, हो, डा, डि, डू, डे, डो)

कर्कट राशि हुनेहरूका लागि  आजको दिन नाता गोतासँग रमाइलो भेटघाट हुनेछ ।अवसरहरूले पछ्याउनेछन्।सुखद यात्राको योग रहेको छ तर स्वास्थ्यमा भने सजग हुनुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि हुनेहरूका लागि आजको दिन प्रेम सम्बन्ध गाँसिनेछ।आफ्नो व्यक्तित्व सुन्दर र वस्त्राभूषणले गर्दा सबैको आकर्षणको केन्द्र बन्नुका साथै मनमा हर्ष, उमङ्ग छाउनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )

कन्या राशि हुनेहरूका लागि  आजको दिन घरपरिवारमा कलह हुन सक्नेछ।आर्थिक पक्ष कमजोर हुनेछ।स्वास्थ्य पनि बिग्रन सक्छ ख्याल राख्नुहोला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )

तुला राशि हुनेहरूका लागि आजको दिन आफ्नो क्षेत्रमा आफ्नो छाप बनाउन सकिनेछ।धनलाभका बाटाहरू पता लाग्नेछन्।पारिवारिक साथ सहयोग पाइनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, वि. पु)

वृश्चिक राशि हुनेहरूका लागि आजको दिन साझेदारीको कार्यमा सफलता प्राप्त हुनेछ।नया व्यवसाय वा सिर्जनात्मक कार्यमा जुटिनेछ भने धार्मिक कार्यमा मन लाग्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि हुनेहरूका लागि आजको दिन वैदेशिक यात्राका प्रोसेसहरू अगाडि बढ्नेछन्।मनमा खुसीको तरङ्ग आउनेछ।मनोरञ्जनमा सहभागी भइनुका साथै धार्मिक कार्यमा रुची बढ्नेछ।

मकर (जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि हुनेहरूका लागि आजको दिन विचार पुर्याएर मात्र बोल्नुहोला नत्र काम बिग्रन सक्च।घरायसी कलह पनि बढ्नेछ।बेकामको खर्च पनि हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि हुनेहरूका लागि आजको दिन  छोटो दूरीको रमाइलो यात्रा हुनेछ।कुनै संस्थाबाट मानसम्मान मिल्नुका साथै समाजसेवा तथा धर्मकर्ममा मन जानेछ।

मीन   (दि, दु, झ, ञ, दे, दो, च, चि)

मीन राशि हुनेहरूका लागि आजको दिन सभा समारोहमा सहभागी भइनेछ।सोंचेका कार्यहरू पूरा हुनाले मन प्रफुल्ल पनि हुनेछ।

आदरणीय भक्तमनहरू तपाईँको राशिफल जे जस्तो भए पनि आजको दिन विष्णु भगवान्को स्मरण गरी दिनको सुरुवात गर्नुहोला।अवश्य राम्रो हुनेछ।

शास्त्री संयोग बस्याल
( परामर्शका लागि – sangambasyal427@gmail.com)

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा