भारतबाट फर्किएका दुई जनामा कोरोना संक्रमण पुष्टि

धनगढी– सुदूरपश्चिमको गौरिफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

बुधबार भारतबाट फर्किएका ७० जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परीक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको छ भने ६८ जनामा नेगेटिभ देखिएको छ।

प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार गौरिफन्टा नाकामा गरिएको एन्टीजेन परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको हो।

 पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका अन्य नाकाहरूमा भने कोरोना परीक्षण गरिएको छैन।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा