इंग्लिस प्रिमियर लिग : आर्सनल र लिभरपुलले खेले बराबरी

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

आर्सनलका गेब्रियल मागाल्हासले एक तथा लिभरपुलका मोहमद सलाहले एक गोल गरेका थिए ।

खेलको चौथो मिनेटमा आर्सनलका गेब्रियलले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर २९औँ मिनेटमा सलाहले गोल फर्काउँदै लिभरपुललाई हारबाट जोगाए ।

यता, सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनल अंक बाँड्न बाध्य भयो ।

यो बराबरीसँगै आर्सनल १८ खेलबाट ४० अंकसहित तालिकाको शीर्षस्थानमा कायमै छ । यस्तै, ३९ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा