भारत को एस्तो चलखेल:कालापानी, लिम्पियाधुरा र लिपुलेक इन्डियाको हो । तिमीहरु बाँच्न चाहन्छौं भने कोभिड–१९ सँग लड, भारतसँग होइन ।’

सामाजिक संजाल त्यो ठाउँ हो जहाँ मनिसहरु २४ घण्टा आँफ्नो तर्क बितर्क गर्दै बसिराका हुन्छन। सामाजिक संजाल जाहाँ हामीले समाचार देखि लिएर हरेक रमाईला क्रियाकालाप देख्न पाईन्छ।

एतिबेला सामाजिक संजाल सदुपयोग संगै दुरुपयोग पनि भैरहेको । सामाजिक संजाल बाट जस्तै फसेबूक बाट आफुलाई मन नपरेको अर्थात रिस गरिएको मान्छेको फसेबूक ह्याक गरेर अनैतिक क्रियाकालाप गरेर बद्नाम गरेको पनि पाइन्छ।

संग संगै एतिबेला नेपालको सीमाको बिसएमा बिबाद भईरहदा सामाजिक संजाल दुरुपयोग गर्दै अभिनेत्री आँचल शर्मालाई एक फेसबुक साथीले मेसेन्जरमा लिंक पठाइन् । उनको टाउको जोडेर बनाइएको अश्लिल भिडियो थियो त्यहाँ । 

दुई देशको झगडमा नेपाली अभिनेत्रीलाई यस्तो नगर्नुपर्ने हो ?भारतीय नागरिककै काम हो कि ?उनको मनमा अनेकन प्रश्न उब्जियो, जब मेसेन्जरमै ती साथीले फेरि ‘इन्डियन स्पाइडर स्क्वाड’ समूहको एउटा पोस्ट आँचललाई पठाइन् ।

उक्त पोस्टमा लेखिएको थियो, ‘अरु कलाकारको पनि यस्तै भिडियो चाँडै लिक हुँदैछ । हामी १२ जना नेपाली कलाकारको डिभाइसभित्र छिरिसकेका छौं । कालापानी, लिम्पियाधुरा र लिपुलेक इन्डियाको हो । तिमीहरु बाँच्न चाहन्छौं भने कोभिड–१९ सँग लड, भारतसँग होइन ।’

यस किसिमको धम्कीसहितको अश्लिल भिडियोले आँचल डराइन् । दर्शकले भिडियोलाई वास्तविक पो ठान्ने हो कि भनेर उनको मन बैचन भयो । ‘गाउँ/गाउँका दर्शकले टाउको जोडेर भिडियो बनाइएको हो भनेर थाहा पाउनु हुन्न । नराम्रो छाप पर्ला भन्ने डर भयो,’ उनले सुनाइन् ।

भिडियोबारे थाहा पाउनसाथ सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनले पोस्ट पनि गरेकी थिइन् ।

‘आफ्नो देशको बारे बोल्दा राष्ट्रिय एकताको विषयमा अडिग भएर एउटै आवाज निकाल्दा हामी नेपालीले यस्तो सहनुपर्ने ?’ उनले लेखेकी थिइन्, ‘जसले त्यस्ता प्रकारका अश्लिल भिडियो बनाएर हाम्रो चरित्र हत्या गर्ने र मानसिक तनाव दिने कार्य गरेका छन्, तीनीहरुको विरुद्धमा एक भएर अघि बढ्न जरुरी छ । यतिबेला तपाई साथीभाइको अनि शुभचिन्तकको साथको जरुरी छ मलाई ।’

उनको पोस्टले फिल्म क्षेत्रमा यस विषयबारे चर्चा भयो । धेरै अभिनेत्रीहरुले यसको विरुद्धमा आवाज उठाए । हुन त पति उदिप श्रेष्ठले विदेशका सेलिब्रेटीको पनि यस्ता भिडियो बनिरहने कुरा बताएपछि उनलाई आफूमात्रै पीडित होइन भन्ने लागेको थियो । तर, त्यतिकैमा अन्य अभिनेत्रीहरुका त्यस्तै भिडियो सार्वजनिक हुन थालेपछि भने उनलाई कानुनी बाटो अपनाउनुपर्ने लाग्यो ।

अभिनेत्री शर्मा यस्तो गलत काम गर्ने अपराधीले सजाय पाओस् भन्ने चाहन्छिन् । ‘मलाई त यो कसको काम हो भन्ने बुझ्ने मन छ । यस्तो तल्लोस्तरको काम कसले गर्‍यो पत्ता लागेको छैन । जसले यस्तो गलत काम गर्‍यो, त्यसले सजाय पाओस्,’ उनले भनिन् ।मंगलबार कलाकार संघका अक्ष्यक्ष रवीन्द्र खड्काले उनलाई फोन सम्पर्क गरेर नआत्तिन ढाडस दिए । त्यसपछि कलाकार संघले महानगरीय अपराध अनुसन्धान महाशाखामा यसविरुद्ध उजुरी दिएको छ । आँचल संघकी कार्यसमिती सदस्य पनि हुन् । प्रविधिको दुरुपयोग गरेर चलचित्रसँग सम्बन्धित कलाकारको चरित्र हत्या गर्ने प्रयास भइरहेको र यसबारे आवश्यक अनुसन्धान गरी यस्ता गतिविधि रोक्न र पीडितलाई न्याय दिन मागसहित उजुरी दिएको खड्काले बताए ।

महाशाखाका एसपी होविन्द्र बोगटीले अनुसन्धान सुरु भइसकेका जनाएका छन् । ‘कलाकारको अश्लिल भिडियो पोर्नसाइटमा बदनाम गरेर हाल्यो भनेर अपराध महासंघमा उजुरी आएको छ । कलाकार संघले उजुरी गरेको हो । भिडियोको इडिटिङ नक्कली किसिमको देखिएको छ । अनुसन्धान सुरु भइसकेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा