काठमाडौँ —बढ्दो कोभिड-१९ को प्रकोप् संगै नेपालमा गरिब जनतामा पर्ने महामारीको प्रकोप पनि दिनहु बढ्दो छ। कोभिड–१९ प्रतिकार्यका लागि एसियाली विकास बैंक ९एडीबी० ले नेपालका लागि २५ करोड अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । कोभिड–१९ प्रतिकार्यमा सार्वजनिक स्वास्थ्य प्रणाली सुदृढीकरण र गरिब जनतामा पर्ने महामारीको प्रभाव न्यूनीकरण गर्न यो रकम खर्च हुनेछ ।
नेपाललाई यो समयमा सहयोग गर्न एकदमै छ । यो सहुलियतपूर्ण ऋणले सरकारलाई न्यूनीकरणका उपाय अवलम्बन गर्न, सामाजिक सुरक्षा कार्यक्रमलाई बढाउन र आर्थिक पुनरुत्थानका काममा सघाउनेछ,’ एडीबीका अध्यक्ष मासात्सुगु आशाकावालाई उद्धृत गर्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ ले नेपालको सामाजिक तथा आर्थिक विकासमा प्रभाव पार्नेछ ।’
डीबीको कोभिड–१९ महामारी प्रतिकार्य विकल्प ९सीपीआरओ० अन्तर्गतको एक्टिभ रेस्पोन्स एन्ड एक्सपेन्डिचर सपोर्ट कार्यक्रमअन्तर्गत यो रकम उपलब्ध गराउन लागिएको हो । एडीबीले अप्रिल १३ मा विकासशील मुलुकलाई कोभिड–१९ को प्रतिकार्यमा सघाउन २० अर्बको सहायता कोष स्थापना गरेको थियो ।
एक्टिभ रेस्पोन्स एन्ड एक्सपेन्डिचर सपोर्ट कार्यक्रमले सरकारलाई दैनिक कम्तीमा पनि ३ हजार कोभिड–१९ परीक्षण गर्न र सातै प्रदेशमा कम्तीमा पनि २ लाख मानिसलाई राख्न मिल्ने क्वारेन्टाइन सुविधा स्थापनाका लागि सघाउने विज्ञप्तिमा जनाइएको छ ।