राजसंस्थाको आलोचना गर्दा थाइल्यान्डमा एक जनालाई ५० वर्ष जेल

बैंकक — थाइल्यान्डको एउटा अदालतले राजसंस्थाको अपमान गरेको भन्दै एक जनालाई ५० वर्ष जेल सजाय सुनाएको छ । ३ वर्षअघि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको सामग्रीले राजसंस्थाको अपमान भएको भन्दै एक व्यक्तिलाई ५० वर्ष जेल सजाय सुनाइएको हो ।

थाई राजसंस्थाको आलोचना गर्न बन्देज हुनेगरी ल्याइएको कानुनमा टेकेर दिइएको यो सबैभन्दा लामो सजाय हो । ३ वर्षअघिको घटनामा मंकोन तिराकोट नाम गरेका व्यक्तिलाई २८ वर्ष जेल सजाय सुनाइएको थियो । बिहीबार त्यहाँको पुनरावेदन अदालतले ३० वर्षीय तिराकोटको सजायमा २२ वर्ष थपेर ५० पुर्‍याएको हो ।

थाइल्यान्डमा राजसंस्थाको आलोचना गर्न प्रतिबन्ध लगाउने ‘लिज म्याजस्टी’ कानुन कार्यान्वयनमा छ । सन् २०१९ मा वाचिरालोंकोर्न राजा बनेपछि हटाइएको लिज म्याजस्टी कानुन पुन: लागू गरिएको हो । थाइल्यान्डमा पछिल्लो समय विद्यार्थीहरूले राजसंस्थामा व्यापक सुधारको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

उक्त आन्दोलनलाई हेर्दै यस कानुनको प्रयोग बढाइएको छ । सन् २०२० यता २५० भन्दा बढी अभियन्तालाई लिज म्याजस्टी कानुनअन्तर्गत कारबाही गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा