काठमाडौं । लामो समयदेखि चल्दै आएको चरणबद्ध भेटघाट र संवादपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच अन्ततः राजनीतिक एकता भएको छ। दुवै पक्षबीच आज बिहान करिब ४ बजे ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार आगामी प्रतिनिधि सभा निर्वाचनपछि बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिनेछ भने राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व रवि लामिछानेले गर्ने सहमति भएको छ। यो एकतासँगै पार्टीको नाम, झण्डा र चुनाव चिन्ह भने यथावत राखिएको छ।
सम्झौतापत्रमा रवि लामिछाने र बालेन शाह दुवैले हाल धारण गरिरहेको पदीय हैसियत उल्लेख नगरिएको जनाइएको छ। एकतापछि सार्वजनिक गरिएको धारणा अनुसार दुवै पक्षले पदभन्दा पनि साझा राजनीतिक उद्देश्य र सहकार्यलाई प्राथमिकता दिएका छन्।
सात बुँदे सम्झौतापछि रवि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै यो सहमति व्यक्तिकेन्द्रित नभई देशलाई आवश्यक पर्ने राजनीतिक विकल्प निर्माणतर्फ केन्द्रित रहेको उल्लेख गरेका छन्। नेताले खोजेजस्तो होइन, देशलाई चाहिएको सहमति भएको उनको भनाइ छ।
सम्झौतामा हस्ताक्षर भएको अवसरमा रास्वपाका उपसभापति डीपी अर्याल, नेताहरू स्वर्णिम वाग्ले, शिशिर खनाल, असिम साहलगायत सहभागी थिए। त्यस्तै, बालेन शाह पक्षबाट कुमार बेन, सुदिप ढकाल, जेनजी युवा अगुवा केपी खनाल, भुपदेव साह तथा कलाकार निश्चल बस्नेतलगायतको उपस्थिति रहेको थियो।
यस्ताे छ ७ बुँदे सम्झाैता

