गगन नेतृत्वको कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा दियो निवेदन, आधिकारिता विवादबारे छलफलमा निर्वाचन आयोग

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएपछि पार्टीकाे आधिकारिताको विवादबारे छलफल शुरू भएकाे छ।

उनीहरूले विशेष महाधिवेशनबाट भएको निर्णय र चयन भएको कार्यसमितिअनुसार दलको विवरण अद्यावधिकका लागि निवेदन दिएका छन् भने यसअघि नै १४ औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा पक्षले विधेयश महाधिवेशनसम्बन्धी कुनै कार्यक्रम नरहेको भनेर निवेदन दिइसकेको छ । यो अवस्थामा आयोग के गर्ने भनेर अनौपचारिक छलफलमा जुटेको हो ।

बुधबार राति सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापति चयन गरेको छ । यता १४ औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा पक्षले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि निस्कासन गर्ने निर्णय गरेका छन् ।

दुवै पक्षले पार्टीको आधिकारिता आफूसँग रहेको दाबी गरेका छन् । यो अवस्थामा आयोगले कांग्रेसको विधान, विगतका नजिर, सम्बन्धित अन्य ऐनलाई एक ठाउँमा राखेर अध्ययन सुरु गरेको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा