काठमाडौं । विप्लव नेतृत्वको नेकपा (माओवादी) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच ४ बुँदे सहमति भएकाे छ।
बिहीबार माइतीघरमा दुई पक्षबीच चार बुँदे सहमति भएको हाे । दुई समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको हाे ।
नेकपा (माओवादी) का अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ र जेनजी अगुवा मिराज ढुंगाना सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
सहमति अनुसार दुबै पक्षले अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, राज्यको अग्रगामी पुनर्संरचना गर्ने, सर्वपक्षीय सहमतिका लागि पहल गर्ने, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने र जेनजी विद्रोहका माग पूरा गर्न संघर्ष गर्ने छन् ।






